आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा : एक पदमा दुई कार्यकाल मात्र !

बिहिबार, २३ पौष २०७७खेलपाटी संवाददाता
एन्फा : एक पदमा दुई कार्यकाल मात्र !
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक पदमा दुई कार्यकाल मात्र रहने गरि विधान संशोधनको प्रस्ताव अघि बढाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार एन्फाले फुटबल संघका पदाधिकारी सोही पदमा पुन एक पटक निर्वाचित हुन सक्ने प्रस्तावलाई छलफलमा अघि बढाएको हो ।

एन्फा प्रवक्ता किरण राई संयोजकत्वको गठित समितिले विभिन्न प्रदेशमा गएर विधानमाथि सुझाव संकलन र छलफल प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । समितिले बागमती प्रदेशबाहेक अन्य सबै प्रदेशमा गरेर विधान संशोधनमाथि सरोकारवाला पक्षसंग छलफल गरेको छ ।

संघ, प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघका पदाधिकारीको पदावधि चार वर्षको हुने र एन्फाका पदाधिकारी सोही पदमा सामान्यता पुन एक पटकको लागि निर्वाचित हुन सक्ने प्रस्ताव एन्फाको छ ।

पदाधिकारीको रुपमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा सो व्यवस्था लागु हुनेछ ।

No description available.

एन्फामा यसअघि अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको कार्यकाल चार वर्षको हुने व्यवस्था थियो । साविकको व्यवस्था अनुसार एन्फामा अध्यक्षले लगातार ३ कार्यकालसम्म मात्र कार्य गर्न पाउने उल्लेख थियो । अध्यक्षको हकमा तीन कार्यकाल साविकको विधानले व्यवस्था गरेपनि अन्य पदाधिकारी, प्रदेश र संघको हकमा भने विधानमा उल्लेख थिएन ।

एन्फाले संशोधित विधानमा संघ, प्रदेश र जिल्लाको पदाधिकारीको कार्यअवधि तोक्दै एन्फा पदाधिकारी दुई पटक भन्दा बढी सोही पदमा बस्न नपाउने प्रस्ताव गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले कुनैपनि संघका पदाधिकारी पुन एक पटक सोही पदमा निर्वाचित हुन सक्ने ब्यवस्था गरेको छ । सोही ऐन अनुसार एन्फाले समेत आफ्नो विधान संशोधनको प्रस्ताव गरेको हो ।

एन्फा प्रवक्ता किरण राईले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार फुटबल संघको विधान संशोधनको छलफल अघि बढेको खेलपाटीलाई बताए ।

‘खेलकुद ऐन अनुसार विधान संशोधनको प्रस्ताव अघि बढाएका छौ । सबै पक्षसंग छलफल गर्दै निष्कर्शमा पुग्नेछौ ।’ उनले भने ।

प्रवक्ता राई नेतृत्वको समितिले विभिन्न ७२ बुँदामा विधान संशोधनको प्रस्तावलाई छलफलमा राखेको छ । एन्फा कार्यसमिति बैठकले कोरोनाका कारण प्रभावित बन्दै आएको साधारण सभा आगामी माघ ६ गते आयोजना गर्ने निर्णय गरिसकेको छ ।

साधारण सभामा पेश गर्ने गरि विधान संशोधनमाथिको छलफल अन्तिम चरणमा पुगेको हो । विधानमाथि प्राप्त सुझावलाई साधारण सभामा पेश गरि छलफल सहित पारित गर्ने तयारी छ ।

यसअघि एन्फाको चितवनमा सम्पन्न साधारण सभाले संघीय संरचना अनुसार फुटबल संघलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको थियो ।

सोही अनुसार एन्फाले बागमती बाहेक सबै प्रदेशमा सर्वसम्मत तदर्थ कमिटि गठन गरेको छ भने गण्डकी प्रदेशमा नेतृत्वलाई असहयोग गरेको आरोपमा प्रदेश कमिटिनै पुनर्गठन गरिएको छ ।


मनोनितको व्यवस्था खारेज

एन्फाको प्रस्तावित नयाँ विधानले मनोनित कार्यसमिति सदस्यको व्यवस्था खारेज गरेको छ । संशोधनको प्रस्ताव गरिएको विधानमा २१ जनाको कार्यसमिति हुनेछ । जसमा अध्यक्ष सहित १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १ महिला सहित १५ जना सदस्य निर्वाचित हुनेछन् । जसमा प्रदेश संघ, रेफ्री संघ, महिला संघ, प्रशिक्षाक संघ, खेलाडी संघका अध्यक्षहरु आमन्त्रीत सदस्यको रुपमा रहने छन् ।

फिफाले मनोनित कार्यसमिति सदस्य खारेज गर्ने भनेकाले निर्वाचित समावेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको एन्फाले जनाएको छ ।

यसअघि एन्फाको १७ सदस्यीय निर्वाचित कार्यसमिति रहेको थियो । तर नेतृत्वले मनपरी पदाधिकारी र सदस्य मनोनयन गर्ने गलत र अवैधानिक अभ्यास एन्फामा विद्यमान छ ।

वरिष्ठ उपाध्यक्षको टुङ्गो निर्वाचनमै

एन्फामा वरिष्ठ उपाध्यक्षको टुङ्गो अब निर्वाचनबाटै लाग्ने भएको छ । यसअघि कार्यसमितिले मनोनित गर्ने व्यवस्था थियो ।

एन्फाको साविकको विधानको धारा ३५ को उपधारा ५ मा कार्यसमितिले चार उपाध्यक्षमध्य एक जना वरिष्ठ उपाध्यक्षको पदमा नियुक्त गर्ने व्यवस्थालाई हटाउन संशोधित विधानमा प्रस्ताव गरिएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य