स्पोर्टस अवार्डसँग जोडियो क्राउन प्लाजा

काठमाडौं । आसन्न १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता भएको छ ।
आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच क्राउन प्लाजासंग सह–प्रायोजकको रुपमा सम्झौता गरेको हो ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्दै आएको क्राउन प्लाजाले सम्झौतालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
क्राउन प्लाजाका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदप्रतिको लगावका कारण अवार्ड कार्यक्रमलाई पनि साथ दिदै आएको बताए । आगामी दिनमा समेत अवार्ड र खेलकुद कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
मञ्चका अध्यक्ष सुबेदीले जटिल अवस्थामा पनि हस्पिटालिटी पार्टनर भएर सहकार्य गरेकोमा क्राउन प्लाजाप्रति कृतज्ञता ब्यक्त गरे ।
सम्झौता अनुसार क्राउन प्लाजाले करिब ५ लाख रुपैया बराबरको सेवा अवार्ड कार्यक्रमलाई उपलब्ध गराउनेछ ।
घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ ।
अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।
अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसंग प्रायोजन सम्झौता नवीकरण गरेको आयोजक मञ्चले सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ ।
अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)