एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले चेल्सीविरुद्ध ३-१ गोल अन्तरको जित निकालेको हो ।
चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
चेल्सीका कलुम हड्सन ओडोइले एक गोल फर्काए ।
स्टामफोर्ड ब्रिजमा सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १८ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा फोडेनले गोल गर्दा सिटी २-० ले अघि रह्यो ।
खेलको ३४ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समय कलुम हड्सनले एक गोल फर्काएपनि चेल्सी ३-१ ले पराजित भयो ।

जितसँगै सिटी तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
सिटीले १५ खेलमा २९ अंक जोडेको छ ।
चेल्सी २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

