• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
तेक्वान्दाेका राजुलाई कोरिया सरकारको सम्मान
खेलपाटी संवाददाता
शुक्रबार, पुस १७, २०७७ खेलपाटी संवाददाता
तेक्वान्दाेका राजुलाई कोरिया सरकारको सम्मान

काठमाडौं । दक्षिण कोरियालाई कर्म क्षेत्र बनाएर काम गरिरहेका तेक्वान्दोकर्मी राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन्।

अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले बुधबार क्षेत्रीलाई सम्मान गरेको हो। कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री पहिलो नेपाली हुन्।

कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा गरेका छन्।

सम्मानित भएपछि प्रतिक्रिया दिदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु नेपालका लागि गौरवको विषय भएको बताए।

क्षेत्री एनआरएनए दक्षिण कोरियाका पुर्व अध्यक्ष हुन्। साथै उनी कोरियामा सफल ब्यवसायीका रुपमा पनि चिनिन्छन्। त्यो भन्दा वढी उनी कोरियामा बसेर नेपाली तेक्वान्दो विकासमा सहयोग पुर्याउने ब्यक्तिका रुपमा स्थापित छन्। उनी तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्री पनि हुन्। उनी तेक्वान्दोका छैठौ डान ब्याल्क बेल्ट प्राप्त गरिसकेका छन्।

नेपाली व्यवसायी क्षेत्रीको यो सम्मान कोरियन सरकारबाट पहिलो पटक भने होइन् । दुइ वर्ष अघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २०१३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।

क्षेत्रीले सन् २०१४ मा इन्चोनमा आयोजित १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए। त्यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएर स्वर्ण सहितका पदक हात पारेका थिए।

सन् २००५ मा अमेरिकाको टेक्ससमा आयोजित इन्टरनेशनल च्याम्पिएनशिपमा काश्य पदक हात पारेमन क्षेत्रीले सन् २००८ मा कोरियामा आयोजित कोरिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेपछि चर्चामा आएका थिए। यसैगरी अन्य दर्जनौ खेल प्रतियोगितामा प्रतिस्पर्धा गरेर अवार्ड र सम्मान हात पारिसकेका छन्।

यस्तै सन् २००७, २०११ र २०१२ मा कोरियामा आयोजित विश्व तेक्वान्दो हानमाडाङ प्रतियोगिता, २००६ मा आयोजित पहिलो विश्व तेक्वान्दो पुम्से प्रतियोगिता, दोस्रो कोरियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र सन् २००९ मा आयोजित पाँचौं खुल्ला तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले कोचको भूमिका निभाएका थिए।

यसैगरी विश्व तेक्वान्दोको प्रधान कार्यालय क्यूक्योन, विश्व तेक्वान्दो महासंघले उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता र सम्मान गरेको छ । सहयोगी मनका धनी क्षेत्रीले नेपालको खेलकूद विकासका लागि बर्षेनी दर्जनौं तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामाग्री तथा आर्थिक सहयोग गर्दै आएका छन्।

नेपालको महाभुकम्प र खाङवन्दो क्षेत्रमा भिषण आगलागीबाट पिडितलाई आर्थिक संकलन जुटाएर क्षेत्रीले राहत र आर्थिक सहयोग गरेका थिए।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमारलाई कोरियामा स्वर्ण
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP