शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. बिक्रम र बिमलको उपचार कतारमा हुने

बिक्रम र बिमलको उपचार कतारमा हुने

२०२० डिसेम्बर २७, आइतबारखेलपाटी संवाददाता

बिक्रम र बिमलको उपचार कतारमा हुने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीद्धय बिक्रम लामा र बिमल घर्ति मगरको चोटको उपचार कतारमा हुने भएको छ ।

खेल्ने क्रल्ने चोट बोकेका दुवै खेलाडी मैदानदेखि बाहिर छन् । दुवैले उपचारका लागि कतारको सुविधा सम्पन्न खेलकुद अस्पतालमा ब्यवस्था मिलाउन एन्फासंग अनुरोध गर्दै आएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई खेलाडीको चोटको उपचार कतारमा हुने टुङ्गो लागेको हो ।

आईतबार साँझ मात्र दुवै खेलाडीको भिषा आएको छ ।

केही हप्ता अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेर खेलाडीको उपचार सहित फुटबलका विभिन्न क्षेत्रमा सहयोगका विषयमा कतार फुटबल संघसंग सम्झौता गरेका थिए ।

सोही सम्झौता अनुसार बिशेषज्ञ चिकित्सक र खेलकुद अस्पतालमा उच्च स्तरको उपचार नेपालका दुई खेलाडीले पाउने एन्फाले जनाएको छ ।

बिक्रम दुई वर्ष अघि भाँचिएको खुट्टाको पुन चेकजाँचका लागि कतार जान चाहेका थिए । दुई वर्ष अघि खुट्टाको सफल सल्यक्रिया गरेका बिक्रम पछिल्लो समय असहज महशुश गर्न थालेका थिए । खेल्ने क्रममा उनको खुट्टामा पिडा हुन थालेको थियो ।

बंगलादेशसंगको पछिल्लो मैत्रीपूर्ण खेलमा समेत उनले चोट बोकेका थिए । खुट्टामा गम्भिर चोट लागेर समेत सफल उपचारपछि मैदान फर्किएका बिक्रमले क्लब र राष्ट्रिय टिमबाट आफुलाई सिद्ध गरिसकेका छन् ।

बिमल भने केही साता अघि मात्र अभ्यासको क्रममा घाईते भएका थिए । उनले दायाँ घुडामा गम्भिर चोट लागेको एन्फाले जनाएको छ ।

विश्वकप छनोट अन्तर्गत राष्ट्रिय टिमको तयारीमा रहेको समय बिमलले चोट बोकेका हुन् ।

उनी लामो समय मैदान बाहिर रहने बताईएको छ ।

एन्फाका अनुसार एक हप्ता भित्र दुवै खेलाडी कतार उड्नेछन् ।

एन्फाले कतार फुटबल संघसंग खेलाडीको उपचारका लागि सहयोग सम्झौता गरेको छ । कतारले अनुकुलताका आधारमा नेपाली फुटबल खेलाडीलाई उपचारको ब्यवस्था मिलाउँदै आएको छ ।

केही समय अघि एन्फाले राष्ट्रिय फुटबल टिमका रविन श्रेष्ठ र नविन महर्जनलाई उपचारका लागि कतार पठाएको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस