एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारण सभाले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा १० टिम राख्ने निर्णय गरेको छ ।
बिहिबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो ।
फ्रेन्चाईज क्रिकेटमा दुई टिम थप गर्दै बीसीसीआईले १० टिम बनाउने निर्णय लिएको हो । टिमको संख्या वृद्धि भएसंगै ९४ खेल आयोजना हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ ।
बैठकले बीसीसीआईको उपाध्यक्ष राजीव शुक्लालाई चयन गरेको औपचारिक घोषणा गरेको छ ।
शुक्ला सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन् । पूर्व राज्यसभा सांसद शुक्ला यसअघि एन श्रीनिवासन अध्यक्ष रहेको समय उपाध्यक्ष पदमा रहेका थिए ।