काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ ले खेलाडी छनोट गरेको छ ।
प्रदेश २ ले बुधबार महिला पीएम कपको लागि १४ खेलाडी छनोट गरेको हो ।
प्रदेश २ ले सरस्वती चौधरीको कप्तानीमा खेलाडी छनोट गरेको हो ।
टिममा कप्तान सरस्वती सहित शोभा आले (उपकप्तान), उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कबिता गौतम, अनुराधा चौधरी, बिमला मगर, रोजी कदारी, गोमा आले, मेलिना रायमाझी, साना प्रविन, नितु चौधरी र चाँदनी अधिकारी रहेका छन्।
यस्तै प्रदेश २ ले ४ वैकल्पिक खेलाडी समेत सार्वजनिक गरेको छ ।
वैकल्पिकमा दुर्गा कार्की, प्रतिमा शाह, मानसी चौहान र रचना अर्याल समावेस भएका छन् ।
महिला प्रधानमन्त्री कप पौष ११ बाट सुरु हुँदैछ । दाङको लमही मैदान हुने प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।
प्रतियोगिताको खेल तालिका समेत नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरिसकेको छ ।