काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्धय करण केसी र कुशल मल्लले टी–टेन लिग खेल्ने भएका छन् ।
पहिलो पटक दुवै खेलाडी विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् ।
करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गरेका छन् ।
बुधबार भएको ड्राफ्ट अनुसार दुवै खेलाडीलाई टी–टेन टिमले आफ्नो टोलीमा समावेश गरेका हुन् ।
कुशललाई अनुबन्धन गरेको अबुधाबीबाट राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले समेत खेलेका थिए । पारस अहिले अबुधाबी टिमका इमर्जिङ ट्यालेन्ट मेन्टर हुन् ।
कुशल पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् ।
यस्तै, सोमपाललाई समेत मराठा अरबियन्सले टी–टेनका लागि अनुबन्धन गरेको छ । बुधबार भएको ड्राफ्टमा सोमपाललाई मराठाले लिने पक्का गरेको हो ।
टी–टेन लिगबाट यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् ।