काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगिता अन्तर्गत गण्डकी प्रदेशकाे छनाेटकाे उपाधि कास्की जिल्लाले जितेको छ ।
बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरलाई पराजित गर्दै उपाधि जितेको हो ।
छनोटमा अपराजित रहेको कास्कीले अन्तिम खेलमा नवलपुरलाई ८६ रनले पराजित गर्यो ।
पोखराको क्रिकेट रंगशालामा २ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले ३१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १५ रन मात्र बनाउन सक्यो ।
माध्यम सुरुवात गरेको नवलपुरले ६२ रन बनाउँदा मात्र २ विकेट गुमाएकाे थियो । तर मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा नवलपुरले थप ४३ रन जोड्न सबै विकेटले गुमाउनु पर्यो ।
नवलपुरका राहुल शर्माले सर्वाधिक ३२ रन बनाए ।
यस्तै सन्देश बस्नेतले २९ तथा हमाल परियारले १६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नवलपुरलाई सस्तैमा समेट्नका कास्कीका बिपिन खत्री र दिपेश खत्रीले समान ३–३ विकेट हात लिए ।
यस्तै सुवास भण्डारीले २ तथा अमृत गुरुङ र देव शाहले समान एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको गरेको कास्कीले निर्धारित ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १ रन बनाएकाे थियो ।
कास्कीका अर्जुन कुमालले ७७ रनको अर्धशतकिय ईनिङ खेले । सुवास भण्डारीले ३४ तथा बिपिन खत्रीले ३० रनको योगदान गरे ।
नवलपुरका लागि विशाल पौडेलले २ विकेट लिए ।
छनौट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र बलर सुवास भण्डारी घोषित भए ।
प्रतियोगितामा सर्वाेत्कृष्ट ब्याट्सम्यान कास्कीका युवा खेलाडी अर्जुन कुमाल घोषित भए ।