काठमाडौँ । राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको टी-ट्वान्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएकाे छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टीकाे ब्याटिङ वरियतामा पारस २ स्थान खस्किएका छन् ।
नयाँ वरियतामा पारस ७३ औं स्थानमा रहेका छन् । यसअघि पारस टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको ब्याटिङ वरियतामा ७१ औं स्थानमा रहेका थिए ।
टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरियतामा ब्याटिङतर्फ नेपालका पारस खड्का मात्र समावेस छन् । अन्य खेलाडीले शीर्ष सयमा समेत स्थान बनाउन सकेका छैनन् ।
यद्दपी पारस वेष्ट इन्डिजका सिम्रन हिटमायर भन्दा माथि रहेका छन् ।
नेपालले अन्तिम पटक एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेलेपछि अन्तराष्ट्रिय क्रिकेट खेलको छैन । कोरोना माहामारीको कारण तय भएको अन्य अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित हुँदै आएको छ ।
यस्तै, नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको टी-ट्वान्टी अन्तराष्ट्रिय बलिङ वरियता यथावत रहेको छ । सन्दीप टी-ट्वान्टी अन्तराष्ट्रिय बलिङतर्फ ८० औं स्थानमा रहँदै आएका छन् ।
नेपालबाट पारस र सन्दीपले मात्र वरियतामा स्थान बनाएका छन् ।