एजेन्सी । पाकिस्तानका शादब खानले न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट गुमाउने भएका छन् ।
तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा चोट बोकेका शादबले पहिलो टेष्ट गुमाउने भएका हुन् ।
पहिलो टेष्टको खेल शनिबार सुरु हुदैछ ।
बायाँ हाते स्पिनर जफर गौहरले उनको स्थानमा सहभागी हुनेछन् ।
पाकिस्तानले क्रिकेट बोर्ड (पीसीबी)ले बुधबार थप परिक्षण पश्चात शादबको बिषयमा भन्न सकिने बताएको छ ।
चोटको स्क्यान पछि त्यसको गम्भिरता र उनी क्रिकेटमा फर्कन लाग्ने समयको टुङ्गो लाग्ने पीएसीबीले बताएको छ ।
‘शादब कम्तिमा २६ देखि ३० डिसेम्बरसम्म हुने टेष्टमा उपलब्ध हुने छैनन् । ब्यवस्थापकले उनको स्थानमा बायाँ हाते स्पिनर जफर जौहललाई सहभागी गराउने फैसला गरिएको छ ।’ पीसीबीले बताएको छ ।
शादब पहिलो टेष्टबाट बाहिर रहने तेस्रो पाकिस्तानी क्रिकेट हुन् । उनी भन्दा अघि बाबर आजम र इमाम उल हकले समेत अभ्यास सत्रको दौरान चोट बोेकेका थिए ।