एजेन्सी । न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टेष्ट टिमको घोषणा गरेको छ ।
टी–ट्वान्टी सिरिज सम्पन्न हुने बित्तिकै न्युजिल्याण्डले १३ सदस्यीय टेष्ट टिमको घोषणा गरेको हो ।
न्युजिल्याण्डको टिममा अलराउण्डर मिचेर सेन्टनरलाई समेत समावेश गरेको छ ।
भर्खरै चोटबाट फर्किएका एजाज पटेललाई टिममा समावेश गरिएको छैन । त्यसैले मिचेल सेन्टनरलाई न्युजिल्याण्डको टिममा बोलाईएको हो ।
न्युजिल्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडले मिचेल सेन्टनरलाई टिममा समावेश गर्दै टेष्ट क्रिकेटमा उनी शानदार बलर रहेको प्रतिक्रिया दिएका छन् । उनले सेन्टनरले खेलमा मौका पाएको अवस्थामा ७ नम्बरमा ब्याटिङ्ग गर्ने बताएका छन् ।
घरेलु टोली न्युजिल्याण्डले तीन म्याचको टी–ट्वान्टी सिरिज २–१ ले जितेको थियो । अन्तिम तथा तेस्रो खेल भने पाकिस्तानले जितेको थियो । दुवै टिमले दुई म्याचको टेष्ट सिरिज खेल्नेछन् ।
न्युजिल्याण्डको टिम :
केन विलियम्स, टाम ब्लन्डेल, ट्रेन्ट बोल्ट, काईल जेमिसन, टोम लाथम, डेरिल मिचेल, हेनरी निकोल्स, मिचेल सेन्टनर, टिम साउथी, रोस टेलर, निग वेग्नर, बिजे बोटविन्ग, विल यन्ग ।