एजेन्सी । न्युजील्याण्डविरुद्धको तेस्राे तथा अन्तिम टी ट्वान्टी क्रिकेटमा पाकिस्तानले जित हात पारेको ।
एक खेल अगावै सिरिज गुमाएकाे पाकिस्तानले घरेलु टाेली न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो।
अन्तिम खेलमा जित निकाल्दै पाहुना टाेली पाकिस्तानले सिरिज क्लिन स्विप हुनबाट जाेगाएकाे छ ।
१ सय ७४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
पाकिस्तानको जितमा मोहम्मद रिजवानले ८९ रनको विष्फोटक अर्धशतकिय पारी खेले । उनले ५९ बलमा गर्दै १० चौका र ३ छक्काको मद्दतले ८९ रन बनाए ।
यस्तै मोहम्मद हफीजले ४१ रनको योगदान गरे ।
न्युजिल्याण्डका स्कट कुग्गेलेइजन र टिम साउदीले समान २–२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ्ग गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
डेवन कन्वेले सर्वाधिक ६३ रनको अर्धसतकिय इनिङ खेले । कन्वेलेले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
न्युजिल्याण्डका टिम सेफर्टले ३५ र ग्लेन फिलिप्स ३१ रनको योगदान गरे ।
पाकिस्तानका फहिम अशरफले सर्वाधिक ३ तथा शाहीन अफ्रिदी र हरिस रौफले समान २–२ विकेट हात पारेका थिए ।
याेसँगै घरेलु टोली न्युजील्याण्डले ३ खेलको टी-ट्वान्टी श्रृङ्खलामा २-१ ले जित हात पारेको छ ।
न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले अब डिसेम्बर २६ बाट टेष्ट सिरिज सुरु गर्ने छ।