एजेन्सी । पूर्व भारतीय क्रिकेटर सुरेश रैना कोरोना महामारीको समय सरकारी नियम उल्लंघन गरेपछि प्रहरी हिरासतमा परेका थिए ।
हिरासतमा परेका रैना हाल धराैटीमा छुटेका छन् ।
महामारीको समयमा रैनालाई पुलिसले मुम्बईको 'ड्रागन फ्लाई क्लब'बाट पक्राउ गरेको थियो ।
रैनासँगै अन्य केही बलिउडका सेलिब्रेटी तथा गायक सहित ३४ जना पक्राउ परेका थिए।
मुम्बई पुलिसले बिहानको ३ बजे उनीहरुलाई सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र निश्चित समयभन्दा बढी क्लबमा बसेको भन्दै पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैजना हाल धराैटीमा छुटेको बताइएको छ ।
रैनाले यसै वर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । तर रैना भारतको घरेलु क्रिकेट शेइद मुस्तक अलि ट्रफी टी-ट्वान्टीमा मैदान उत्रने छन् ।