एजेन्सी । पाकिस्तानी फास्ट बलर मोहमद आमिरले आफ्नो सन्यासमा टिम ब्यवस्थापन जिम्मेवार रहेको बताएका छन् ।
२८ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका आमिरले प्रशिक्षक मिस्बा उल हक र वाकर युनिस जिम्मेवार रहेको आरोप लगाएका हुन् ।
आमिरले आफ्नो युटुबमा बोल्दै मिस्बा उल हक र वाकर युनिसनै आफ्नो सन्यासकाे कारण रहेकाे बताए । यस्तै आमिरले दुवै प्रशिक्षकले आफ्नो करियर र छविमा दाग लगाउने काम गरेको समेत आरोप लगाए ।
'यी ब्यक्तिहरुले क्रिकेट समर्थक माझ विष छर्ने काम गरे । मैले टेष्ट क्रिकेट खेल्न नचाहेको र पैसाको लागि टी ट्वान्टी मात्र खेल्न खोजेको भ्रम फैलाए । उनीहरुले यस्तो बनाइदिए कि मेरो कारण टिम ओरालो लागेको थियो ।' आमिरले युटुबमा भने, 'उनीहरुले मेरो छविमा दाग लगाउने कोशिस गरे जुन कडा र लामो समयपछिको मेरो मेहनतले बनेको थिएँ ।'
'यो मेरो लागि असहज निर्णय थियो तर मेरो विचारमा चुप बस्न नसक्ने समय आएको थियो ।' उनले थपे, 'मैले यो निर्णय लिनुमा यस विषय उजागर गर्नु थियो र सबैलाई के भएको थियो यसबारे जानकारी गर्नु हो ।'
आमिरले टेष्ट क्रिकेट छाडेपनि एकदिवसीय र टी ट्वान्टीमा आफुलाई टिममा स्थान नदिइएको बताए । राम्रो प्रदर्शनको बाबजुद उनले पछिल्लो एक वर्ष टिममा स्थान नपाएको गुनासो पोखे ।
'म निकै दुखी भएको थिएँ । न्युजिल्याण्ड भ्रमणमा ३५ खेलाडीमा समेत मेरो नाम परेको थिएन । यदि मैले टी ट्वान्टी लिग मात्र खेल्ने सोच बनाएको भए न्युजिल्याण्ड भ्रमणमा आफु नपर्दा दुखी हुने थिइन् र यस बारे कुरा गर्ने थिइन् ।' आमिरले भनेका छन् ।
यस्तै आमिरले टिमको हरेक कुरा सामाजिक संजालबाट मात्र थाहा पाउनु परेको बताए ।
'उनीहरुले मसंग व्यक्तिगत दुश्मनी नभएको बताउँछन् तर उनीहरुले म सिनियर खेलाडीको हकमा टिमबाट निकालिएको जानकारी समेत गराउनु उचित मान्दैनन् ।' उनले थपे ।
आमिरे पछिल्लो एक वर्ष देखी म्यानेजमेन्टबाट आफुलाई खलनायकको रुपमा चित्रण गरिंदै आएको आरोप समेत लगाए ।
'उनीहरु कस्तो प्रदर्शनको कुरा गर्छन् ? जब मैले खेलमा पुनरागमन गरेको छु, पीएसएलमा ह्याट्रिक लिएको छु, एसिया कप र च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेको छु ।' आमिरले भने, 'गत संस्करणको विश्वकपमा काँधमा चोटका बाबजुद सर्वाधिक विकेट लिने खेलाडी रहेको थिएँ । मेरो नाम अझै आईसीसीको बलिङ वरियतामा छ । मैले प्रतियोगितामा प्रदर्शन गर्नु बाहेक अरु के गर्नु पर्ने हो र ?'
यस्तै आमिरले सन् २०१० को फिक्सिङमा भएको अपराधको स्वीकार गर्दै प्रश्च्यात समेत माग्दै आफुले अपराधको कारवाही भोगिसकेको बताए ।
'हो, मलाई थाहा छ र सबैसंग त्यो समयको लागि क्षमा माग्छु । मेरो गल्तिको मैले कारवाही समेत भोगिसकेको छु । तर म कमजोर छैन ।म फर्किएँ र सबैको सामना गरें । मैले पाकिस्तानकोलाई आफुले सक्दो राम्रो गर्ने प्रयास गरें ।' उनले भने ।
अन्त्यमा आमिरले शान्तसंग हालको म्याजेन्मेण्टसंग खेल्न नसक्ने बताए । 'म आफुलाई सम्मान गर्छु र यसमा कुनै सम्झौता गर्न सक्दिन ।' आमिरले भने, 'म अरुलाई सम्मान दिने र सम्मान लिनेमा विश्वास गर्छु ।'