काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे गण्डकी प्रदेश छनाेट अन्तर्गत नवलपुरमाथि स्याङ्जाले रोमाञ्चक जित हात पारेको छ ।
पोखरा रंगशालामा भएको खेलमा स्याङ्जाले अन्तिम बलमा नवलपुरलाई २ विकेटले पराजित गरेकाे हाे ।
२ सय १४ रनको लक्ष्य स्याङ्जाले निर्धारित ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । उसका विष्णु पाण्डेले सर्वाधिक ७५ रनको अर्धशतकिय पाली खेले । १ सय ९ बलमा उनले ८ चौका प्रहार गरे ।
यस्तै स्याङ्जाका करन पंगेनीले ४१, ईश्वर क्षेत्रीले २८ र अशोक श्रेष्ठले २७ रनको योगदान दिए ।
नवलपुरका मिलन लुइँटेलले ५ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४७ ओभर १ बलमा २ सय १३ रनमा समेटियाे । दिपक डुम्रेले सर्वाधिक ५२ रनको पाली खेले। उनले ५ चौका र २ छक्का प्रहार गरे ।
यस्तै सन्देश बस्नेतले ५०, विशाल पौडेलले २९ तथा कमल परियारले २४ रन बनाए ।
स्याङ्जाका कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिए ।
खेलमा स्याङ्जाका विष्णु पाण्डे 'प्लेयर अफ दी' म्याच घोषित भए ।