काठमाडौं । गण्डकी प्रादेशिक क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको छ ।
सचिव सुमन राज कार्कीले सोमबार एक बिज्ञप्ती जारी गर्दै पीएम कप खेल्ने १४ खेलाडीको सुचि सार्वजनीक गरेका हुन् ।
शिला रेग्मीको कप्तानी रहने टिममा सिमाना केसी उपकप्तान छिन् ।
यस्तै, एलिसा लामिछाने, श्रृष्टि पौडेल, सिर्जना पौडेल, ज्योत्निका मरासिनी, सोनिया थापा, पूर्णता शाही, प्रमिला बानियाँ, गंगा लुईली, कुसुम गोदार, अन्जली बिके, अमृता बाग्ले र बिन्दु थापा मगर टिममा नियमित सदस्य रहेका छन् ।
टोलीमा ४ वैकल्पिक खेलाडी राखिएको छ । शरिका गुरुङ्ग, प्रतिमा बानियाँ, प्रतिक्षा सुबेदी र निष्मा गुरुङ्ग बैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।
टिमको प्रशिक्षकमा गोबिन्द प्रधान र म्यानेजरमा अर्जुन कुमार थापा छन् ।
पीएम कपको महिला प्रतियोगिता दाङ्गको लमहीमा पुस ११ गतेबाट सञ्चालन हुदैछ ।