एजेन्सी । अष्ट्रेलियविरुद्धको बाँकी तीन टेष्ट खेलमा भारतीय कप्तान विराट कोहली उपलब्ध हुने छैनन् ।
बाबु बन्ने भएपछि उनी बाँकी खेल छाड्दै स्वदेश फर्किन लागेका हुन् ।
स्वदेश फर्कनु अघि विराटले भारतीय टिमसंग विशेष मिटिङ बस्ने भएका छन् ।
सोमबार विराटले प्रशिक्षक रवि शास्त्रीसंगै सम्पूर्ण टिम सदस्यसंग विशेष मिटिङ बस्न लागेका हुन् । विराटले टिमलाई सम्बोधन गर्ने तथा मिटिङमा हरेक सदस्यसंग छुट्टा छुट्टै सेसन समेत लिने बताइएको छ ।
विशेष मिटिङ आउने खेलमा खेलाडीको मनोबल र खेलमा आफ्नो कमी महशुश नगरुन भनेर हौसला र टिम स्प्रिटका लागि बस्न लागेको हो । मिटिङमा उनले हरेक खेलाडीलाई उनीहरुको भूमिका बताउने छन् ।
पहिलो टेष्टमा भारत घरेलु टिम अष्ट्रेलियासंग लज्जास्पद हार ब्यहोरेको थियो । पहिलो इनिङमा अष्ट्रेलियालाई पछि पारेको भारतले दोस्रो इनिङमा कीर्तिमानी कम स्कोरमा अलआउट हुँदा लज्जास्पद हार ब्यहोरेको थियो ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा कप्तान विराटसंगै फास्ट बलर महमद शामीले समेत बाँकी खेल गुमाउने छन् ।
शामी चोटका कारण अन्य सबै खेल गुमाउने भएका हुन् । दुवै महत्पूर्ण खेलाडी नहुँदा भारतीय टिम यस सिरिजमा दबाबमा रहने छ ।
'हामीले पहिलो टेष्ट खेलमा नराम्रोसंग हार्नु पर्यो तर अझै ३ खेल बाँकी छ । विराटले आफ्नो खेलाडीहरुलाई सामुहिक तथा व्यक्तिगत सम्बोधन गर्दै प्रेरित
गराउने छन् ।' टिम म्यानेजमेन्टका स्रोतले इनसाइड स्पोर्ट्ससंग भनेका छन्, 'यसले टिमको आत्मविश्वासमा पक्कै सहयोग पुराउने छ । आफ्नो टिममा जो कप्तान रहेपनि टिममा केहि फरक नपर्ने सन्देश दिनेछन् ।'
विराट सहित अजिन्का राहानेले समेत खेलाडीसंग व्यक्तिगत तवरमा कुरा गर्ने छन् जहाँ उनले हरेक खेलाडीको भुमिकाबारे बताउने छन् । राहानेले यसअघि घरेलु भूमिमा अष्ट्रेलिया र अफगानिस्तानविरुद्ध कप्तानीको जिम्मेवारी सम्हालेका थिए ।
कप्तान कोहली सिरिजको बाँकी खेलमा अष्ट्रेलियामा नरहेपनि उनी टिमसंग निरन्तर जोडिने बताइएको छ ।
अष्ट्रेलियाविरुद्धको भारतको दोस्रो टेष्ट डिसेम्बर २६ बाट सुरु हुँदै छ । दोस्रो खेलमा भारतको टिममा थुप्रै परिवर्तन आउने सम्भावना रहेको छ ।