एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी बनेको छ ।
तिव्र गतिका बलर जाकोब डफीले न्युजिल्याण्डबाट डेब्यु गर्दै ३३ रन दिएर ४ विकेट लिएपछि पहिलो खेल घरेलु टोलीले जितेको हो ।
तीन म्याचको टी–ट्वान्टी सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
पाकिस्तानका शादाब शानले सर्वाधिक ४२ रन बनाएको ईनिङ्समा फहिम असरफले ३१, इमद वासिमले १९, मोहमद रिजवानले १७, खुशिल शाहले १६ र सहिन अफ्रिदीले १० रन बनाए ।
१ सय ५४ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । ओपनर ब्याट्सम्यान टिम सेफर्टले ५७ रन बनाएको ईनिङ्समा मार्क च्यापम्यानले ३४ रन बनाए । मिशेल सेन्टनरले १२ रनमा अविजित रहे ।
पाकिस्तानका हरिस रफले सर्वाधिक ३ विकेट लिए । शहिन अफ्रीदीले २ विकेट हात पारे ।