एजेन्सी । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलिया १ सय ९१ रनमा समेटिएको छ ।
योसंगै पहिलो ईनिङ्समा भारतले ५३ रन बढी प्राप्त गरेको छ ।
रविचन्द्रन आश्विनले पहिलो ईनिङ्समा ४ विकेट लिएपछि घरेलु टोली अष्ट्रेलियाको ब्याटिङ्ग लाईन ध्वस्त बनेको थियो । उमेश यादवले ३ तथा जसप्रीत बुमराहले २ विकेट लिए ।
आश्विनले मुख्य रुपमा घरेलु टोलीका स्टिभ स्मिथलाई आउट गरे । पछिल्ला ८ खेलमा ७ शतक प्रहार गरेका स्मिथ अफ स्पिनर आश्विनको बलमा आउट भएका थिए ।
अष्ट्रेलियाका टिम पेनले सर्वाधिक ७३ रन बनाए । उनले १० चौकाको मदतले ७३ रनमा अविजित रहे । मार्नस लाबुस्चगनेले ४७ रन बनाएको ईनिङ्समा मिचेल स्टार्सले १५ र नाथन लियोनले १० रन बनाए । अन्य ब्याट्म्यानले दोहोरो अंकको स्कोरन छुन सकेनन् ।
ओपनर ब्याट्सम्यान म्याथ्यु वेड र जो बन्र्सलाई बोल्ड गर्दै जसप्रीत बुमराहले भारतलाई राम्रो सुरुवात दिलाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले पहिलो ईनिङ्समा २ सय ४४ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाए । चेतेश्वर पुजाराले ४३ रन बनाएका थिए ।