सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नयाँ ऐनले धेरै खेल संघमा गणतन्त्र आउँछ’

बिहिबार, ०२ पौष २०७७हिम बिक्रम केसी
‘नयाँ ऐनले धेरै खेल संघमा गणतन्त्र आउँछ’

शिव काेइराला । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनसंगै धेरै खेलकुद संघमा गणतन्त्र आउने भएका छन् ।

खेलपाटीसंग विशेष संवाद गर्दै उपाध्यक्ष कोईरालाले नयाँ खेलकुद ऐनले संघका पदाधिकारीलाई दुई कार्यकाल भन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै धेरै संघमा अब गणतन्त्र आउने बताए ।

‘नयाँ ऐनले संघका पदाधिकारीलाई दुई कार्यकाल भन्दा बढी नबस्न भनेको छ । धेरै संघमा अब गणतन्त्र आउँछ । जनवाद आउँछ ।’ कोईरालाले खेलपाटीसंग भने, ‘चालिसौं वर्षदेखि संघको नेतृत्व गरेर यसलाई लालपुर्जा बनाएर बसेका छन् । त्यो गलत भएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयले खेल संघका विवाद समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन गरेको छ । उपाध्यक्ष नेतृत्वको समितिले खेलकुद ऐन अनुसार विधिसम्मत नदेखिएका खेल संघलाई छानबीन गरी विधि सम्मत बनाउन सिफारिस गर्ने अख्तियारी समेत पाएको छ ।

उपाध्यक्ष कोईरालाले समय अनुसार खेल संघ रुपान्तरित हुनुपर्ने बताउँछन् ।

‘संघले पदाधिकारीले आफुलाई रुपान्तरण गर्नुपयो । डाईनोसर अनुसार आफुलाई परिवर्तन गर्न नसकेर लोप हुन भएन । लोप हुदाँ पनि प्रशंसा योग्य भएर विदा हुन पर्यो ।’ उनले भने ।

खेलकुद ऐनले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ राखेपमा दर्ता नहुने व्यवस्था गरेको छ । ऐन कार्यान्वयनमा आएको तीन महिनाभित्र एकै प्रकृतिका एक भन्दा बढी संघलाई मिलाएर एउटै बनाउनुपर्ने ब्यवस्था नयाँ खेलकुद ऐनले गरेको छ । तर ऐन कार्यान्वयनमा आएको तीन महिनासम्म खेलकुद मन्त्रालय र राखेपले विवाद समाधानका लागि कुनै पहल गरेनन् । तर मंसिर १८ गते मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले संघको विवाद समाधानका लागि कोईराला नेतृत्वको समिति गठन गरेको हो ।

समितिले प्रारम्भिक चरणमा १६ वटा संघलाई पत्र लेख्दै एक साता भित्र विमति भएका विषयमा एक आपसमा छलफल गरेर पत्र सहित उपस्थित हुन पत्राचार गरेको छ ।

‘ऐन अनुसार मापदण्ड नपुगेका धेरै संघले आफै हात झिक्छन् भन्ने सोचेको छु ।’ कोईरालाले भने, ‘विभिन्न समूहमा रहेका सक्रिय संघलाई एक ठाउँमा ल्याउन पहल गर्ने हो । सबैको चित्त बुझाउने कोशिश गर्ने हो । सहमती नबनेको खण्डमा परिषद्ले तदर्थ कमिटि बनाईदिने हो ।’

उपाध्यक्ष कोईरालाले अनुदान लिन र विदेशमात्र जान खोलिएका संघलाई राखेपले गम्भिर रुपमा लिने समेत बताए । उनले खेलकुद ऐन अनुसार मापदण्ड नपुगेका खेल संघहरु स्वत क्लबमा रुपान्तरित हुने उल्लेख गरे ।

‘विदेश जानलाई खोलिएका र अनुदान लिन खोलिएका संघ आफैले बन्द गर्नुपर्छ । नत्र परिषद्ले हेर्छ । परिषद्ले चाहिने संघलाई राख्ने र नचाहिनेलाई क्लबमा रुपान्तरण गर्छ ।’ कोईरालाले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा