काठमाडौं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बन्ने कभर्डहलको सिलन्यास गरिएको छ ।
मंगलबार बिहान एक कार्यक्रमका बीच कभर्डहलको औपचारिक सिलन्यास गरिएको हो ।
ललितपुर महानगरको वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको सिलन्यास गरेका छन् ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बन्ने कभर्डहल ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग गर्दै आएको प्रशिक्षण केन्द्रको कभर्डहल निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गत मंसिर २१ गते निर्माण प्रारम्भ रहेको कभर्डहल बैशाख १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सिलन्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य ईन्दिरा निरौला, प्रशिक्षक कपिल किशोर श्रेष्ठ सहितका केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सन् २०२९ सालमा स्थापना भएको जावलाखेल युथ क्लबले भलिबल खेललाई समेत संगसंगै अघि बढाउँदै आएको छ ।
५० सालमा औपचारिक उद्घाटन गरेर प्रशिक्षण केन्द्र सञ्चालन गरेको जावलाखेलले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै आएको छ ।
