चन्द्रबन्दना नेपालको पहिलो महिला अन्तराष्ट्रिय रेफ्री
सोमबार, मंसिर २२, २०७७खेलपाटी संवाददाता

काठमाडौं । रेफ्री चन्द्रबन्दना राई भलिबलको अन्तराष्ट्रिय रेफ्री भएकी छिन् ।
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
यससँगै राई अन्तराष्ट्रिय रेफ्री हुने नेपालको पहिलो महिला रेफ्री बनेकी छिन्।
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै राईलाई अन्तराष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ ।
यस अघि रेफ्री कुल बहादुर राना अन्तराष्ट्रिय रेफ्री भएका थिए ।
नोभेम्बरमा बसेको बोर्ड बैठकले राई र राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।
राई र राना बढुवा भएसँगै नेपालबाट तीन जना अन्तराष्ट्रिय रेफ्री भएका छन् ।
यस अघि गौतम लासिवा मात्र अन्तराष्ट्रिय रेफ्री रहेका थिए ।









-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

