एजेन्सी । मोरक्कोका पूर्व डिफेन्डर मोहमद अबरहौनको निधन भएको छ ।
पेटको क्यान्सरको कारण मोहमदको ३१ वर्षको उमेरमा निधन भएको हो ।
टर्किस क्लब केकुर रिच्पोर्सबाट व्यवसायिक फुटबल खेलिरहेका मोहमदलाई गत फेब्रुवरीमा क्यान्सर देखिएको थियो ।
क्यान्सर पत्ता लागेपछि मोहमदको उपचार भईरहेको थियो ।
डिफेन्डर मोहमदले मोरक्कोका लागि ७ खेल खेलेका थिए ।
राष्ट्रिय टिम अघि उनले यू-२३ टोलीबाट खेलेका थिए ।
मोरक्को सन् २०१२ को ओलम्पिकका लागि छनोट हुँदा मोहमद टिमका महत्वपूर्ण खेलाडी थिए ।