एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति चेल्सीले स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले उसैको मैदानमा सेभियासँग खेल्नेछ । चेल्सी र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
समूह 'इ' मा रहेको चेल्सी र सेभिया नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
तर, दुबै टिम समूह विजेताको होडमा रहेका छन् । त्यसैले दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
चेल्सी ४ खेलमा १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
घरेलु टोलीलाई हराएर चेल्सी आफ्नो शीर्ष स्थानको अग्रता यथावत राख्न चाहन्छ ।
सेभिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
घरेलु टिम सेभिया चेल्सीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यसै समूहको अर्को खेलमा रेनसले क्रास्नोडरसँग खेल्नेछ ।