एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोनाले हंगेरीको एफटिसीसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले एफटिसीसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
एफटिसीको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
समूह 'जी' मा रहेको बार्सिलोना ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
बार्सिलोना नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग खेल्नेछ ।
घरेलु मैदानमा युभेन्ट्स चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
युभेन्ट्स ९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।