कुल बहादुर अब भलिबलको अन्तराष्ट्रिय रेफ्री
सोमबार, १५ मंसिर २०७७खेलपाटी संवाददाता

तस्बिर - रानाको फेसबुक
काठमाडौं । रेफ्री कुल बहादुर राना भलिबलको अन्तराष्ट्रिय रेफ्री भएका छन् ।
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै रानालाई अन्तराष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ ।
नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।
रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तराष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए ।













-1766493993239.jpg&w=3840&q=75)
-1766479491057.jpeg&w=3840&q=75)
