सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई लयमा फर्काउने प्रयास

शुक्रबार, १२ मंसिर २०७७विश्वास थापा
खेलाडीलाई लयमा फर्काउने प्रयास
mustang rice ad

काठमाडौं । कोरोना महामारीको कारण ठप्प रहेको नेपाल क्रिकेट बिहीबारबाट सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले झन्डै ९ महिनापछि खेलाडीको बन्द प्रशिक्षण सुरु गरेको हो ।

बन्द प्रशिक्षणमा क्यानले २२ खेलाडी आह्वान गरेको थियो । तर १८ खेलाडीको कोरोना प्रशिक्षण (पीसीआर) गर्दा तीन जना खेलाडीमा पोजेटिभ नतिजा देखिएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल संक्रमित बनेको नतिजा आयो ।

लगत्तै क्यानले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर बिहीबारबाट अभ्यास सुरु गरेको छ । हाल २० खेलाडी त्रिवि मैदान र जिम हलमा प्रशिक्षणमा रहेका छन् । प्रशिक्षकका रुपमा जगत टमटाले नेपाली टिम हेरिरहेका छन् ।

लामो समयपछि मैदान फर्कन पाउँदा खेलाडी उत्साहीत छन् । व्यक्तिगत रुपमा घरमै अभ्यास गरिरहेका खेलाडी समूहमा मैदान उत्रदा पारिवारिक वातावरण बनेको छ ।

लामो समयपछि प्रशिक्षण सुरु गरेको नेपाली टिमको क्याम्पलाई मुख्य प्रशिक्षक जगत टमटा अवस्था अनुसारको क्याम्प भन्न रुचाउँछन् । जसमा खेलाडीहरु घुलमिल हुने र लय समात्ने प्रयासमा हुनेछन् । जसले टिमको तालमेल मिलाउन मद्दत गर्दछ । टिमको गति कायम राख्न यस्तो क्याम्प निकै आवश्यक रहेको टमाटा बताउँछन् ।

'महामारीपछि खेलाडी मैदान फर्किएका छन् । क्याम्प राख्नुको उद्धेश्य खेलाडीको तालमेल मिलाउनु हो । खेलाडी व्यक्तिगत रुपमा क्रिकेटमा थिए । तर मुख्य टिमको गति महत्पूर्ण हो ।’ टमटा भन्छन्, 'अर्को फिटनेसमा कभर गराउने र खेलाडीले यस समयमा रमाइलो गरुन भन्ने लक्ष्य हो । मुख्य टिम भनेको मुटु हो, त्यसैलाई लयमा ल्याउन खोजेको हो । यस्तो क्याम्पलाई ‘कन्जस्टिङ’ र ‘कन्डिसनिङ’ क्याम्प भनिन्छ ।’

तत्काल नेपालको कुनै अन्तराष्ट्रिय खेल छैन । महामारीको स्थिती सामान्य रहे सम्भवत नेपालले आउने मार्चमा सिरिज खेल्ने तयारी छ । त्यसैले यस्तो क्याम्पले खेलाडी तथा टिमलाई निकै फाइदा हुने टमटा बताउँछन् ।

'यो कन्डिसनिङ क्याम्प हो, यसमा टिमलाई निर्माण गर्ने हो । अर्को क्षमता, गति र प्रतिक्रियामा काम गर्छौं । यसले गर्दा खेलाडी पुनः लयमा फर्किने विश्वास छ ।’ उनले थपे, 'अहिले खेलाडी रमाईलो गरुन, लयमा आउन । जसले गर्दा आउने मार्चमा सहज हुन्छ ।’

लामो समयपछि खेलाडी मैदान फर्किएका कारण खेलाडीको गति र फिटनेसमा समस्या देखिएको टमटा बताउँछन् ।

घरमा फिट र लयमा रहन प्रयास गरेपनि राष्ट्रिय खेलाडीका लागि त्यो प्रयाप्त नहुने उनको भनाई छ । खेलाडीलाई पुरानो लयमा ल्याउन समेत १५÷२० दिन लाग्ने उनले जानकारी गराए ।

'खेलाडीको चालमा फरक छ, फेब्रुअरीमा खेल्दा चाल अर्कै थियो, अहिले अर्कै छ । खेलाडीले व्यक्तिगत रुपमा घरैमा उपलब्ध सामानले अभ्यास गरेका होलान् तर शरिरको गति, छिटो आउने प्रतिक्रिया जस्ता क्षमता फरक देखिएको छ ।’ टमटा भन्छन्, 'लामो समय अभ्यास नभएको कारण यस्तो भएको हो । कम्तीमा जनवरीसम्म खेलाडीहरुको खेलको गति फर्काउने लक्ष्य हो । टिमको सन्तुलन महत्वपूर्ण छ, त्यसलाई फर्काउने कोसिसमा छौं ।’

'फिटनेसमा समेत फरक पन आएको छ । व्यक्तिगत फिटनेस गर्नु र टिममा गर्नु फरक कुरा हो । व्यक्तिगत रुपमा खेलेर फिट पाउन मुस्किल हुन्छ । यसअघिको खेलमा खेलाडीमा देखाएको फिटनेस तत्काल खेलाडीमा आउने सम्भावना छैन । त्यसैमा काम गर्दै छौं ।’ उनले भने, 'अब पुनः लयमा फर्किन १५÷२० लाग्छ । त्यसका लागि खेल्नुपर्छ, खेलको परिदृष्य हुन्छ । सबै मिलाएर अघि बढ्ने लक्ष्यमा छौं ।’

लामो समय क्रिकेट नहुदाँ त्यसको असर प्रशिक्षणमा नदेखिने टमाटा बताउँछन् ।

'प्रशिक्षणमा समस्या छैन । ‘हार्ड’ क्याम्प पनि हैन, खेलाडीले यो समय रमाइलो गरोस, टिमको गति कायम रहोस, खेलाडीको गति फर्कियोस भनेर क्याम्प बसेको हो । कसरी हुन्छ खेलाडीको व्यक्तिगत प्रदर्शनसंगै टिमलाई लयमा ल्याउने काम गरिरहेका छौं ।’ उनले थपे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो