मेदभेदेबलाई एटीपी फाइनल्सको उपाधि
सोमबार, ०८ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । रुसका डानिल मेदभेदेब एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् ।
लण्डनमा आइतबार राति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा चौंथो वरीयताका मेदभेदेबले ४-६, ७-६ (७-२) र ६-४ को सेटमा पराजित गरे ।
२४ वर्षीय मेदभेदेबको यो करियरकै सर्वाधिक ठुलो उपाधि हो । मेदभेदेबले यस प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई पराजित गरे ।
समूह चरणमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराउन सफल मेदभेदेबले सेमिफाइनलमा दोस्रो वरीयताका राफेल नाडाललाई हराएका थिए ।
थिमले पनि समूह चरणमा नाडाल र सेमिफाइनलमा जोकोभिचलाई हराएका थिए ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
