एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा आज साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीले मोनाकोविरुद्ध उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
मोनाकोको भ्रमण गर्दा पीएसजी सहज जितको खोजीमा हुनेछ ।
तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न पीएसजीलाई सहज भने छैन ।
पीएसजी १० खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मोनाकोलाई हराएर पीएसजी शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।
मोनाको १० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा पीएसजीलाई हराएर मोनाको शीर्ष दुई भित्र उक्लन चाहन्छ ।
लिग वान अन्तर्गत नै अर्को खेलमा रेनसले बोर्डुअक्सविरुद्ध खेल्नेछ ।
रेनस १० खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
घरेलु मैदानमा जित निकाल्दै रेनस शीर्ष दुई भित्र उक्लन चाहन्छ ।
बोर्डुअक्स १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।