एजेन्सी । इभान राकिटिचले फुटबलमा लियोनल मेस्सी मात्र नम्बर एक खेलाडी रहेको बताएका छन् ।
उनले बार्सिलोनाका सुपर स्टारसंग धेरै वर्ष फुटबल खेल्ने सपना पुरा भएको समेत बताए ।
राकिटिच सन् २०१४ मा १८ मिलियन पाउण्डमा सेभियाबाट बार्सिलोना गएका थिए । उनले बार्सिलोनाबाट सबै प्रतियोगितामा झण्डै ३ सय बढी खेल खेले । उनले बार्सिलोनाबाट ३५ गोल गर्नुका साथै ४२ गोलको अवसर सिर्जना गरे ।
मेस्सीसंग मिलेर राकिटिचले बार्सिलोनाबाट चार ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
अर्जेन्टिनी फरवार्ड मेस्सीलाई यस पुस्ताकै महान खेलाडीको रुपमा सम्मान गरिन्छ । उनले बार्सिलोनामा रहदाँ ६ पटक वालेन डी ओर जितेका थिए । उनी बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत हुन् ।
:format(webp)/cdn.vox-cdn.com/uploads/chorus_image/image/67821649/1197627431.0.jpg)
मेस्सीको विषयमा सोधिएको प्रश्नमा राकिटिचले फिफा डटकमसंग भनेका छन्, ‘शतप्रतिशत फुटबल । यसको अर्थ छैन, तिमी को हौ । तिमी मात्र उनलाई हेर र मज्जा लेउ । उनी अर्कै स्तरका खेलाडी हुन् ।’
‘सबै महान खेलाडीलाई सम्मान गर्दै त्यहाँ एक जनामात्र नम्बर एक छन्, उनी लियोनल मेस्सी हुन् । उनीसंग ३ सय ११ खेल खेल्नु मेरो लागि सपना हो ।’ बार्सिलोनाका फरवार्डको प्रशंसा गर्दै उनले भनेका छन् ।
‘मैले धेरै मज्जा गरे । म मात्र भन्न चाहन्छु, सबै चिजका लागि धन्यवाद । किनकी मेस्सीलाई थाहा छैन, तिमीसंग खेल्नु मेरा लागि कति महत्व राख्छ ।’ राकिटिचले थपेका छन् ।
राकिटिच गत सेप्टेम्बरमा सेभिया फर्किएका छन् ।
‘६ वर्ष, ३ सय ११ खेल । मेस्सीपछि सर्वाधिक खेल खेल्ने चौथो विदेशी । १३ उपाधि । मलाई लाग्छ, म क्लबको इतिहासको एक हिस्सा हुँ ।’ राकिटिच भन्छन् ।
‘मैले ६ वर्षमा धेरै चिज पाए । क्लब, शहर र मानिसहरु जिवन भरका लागि मेरो दिलमा छन् । मेरो परिवार त्यही हुर्कियो । मेरो सबैभन्दा सानी छोरी बार्सिलोनामै जन्म लिईन् ।’ राकिटिच भन्छन् ।
‘मलाई वास्तवमा मेरो समयमा गर्व छ । म सधै यसलाई मनाईरहने छु ।’ उनले भने ।