एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह शुक्रबार बेलायत फर्कने भएका छन् ।
कोरोना भाईरसबाट संक्रमित फरवार्ड सलाह निजि विमानबाट लण्डन फर्कने भएका हुन् ।
इजिप्ट फुटबल एसोसियसनले सलाह लण्डन फर्कने पुष्टि गरेको छ ।
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि उनले टोगोविरुद्धको दुई खेल गुमाएका थिए ।
यस्तै बुधबार भएको दोस्रो परिक्षणमा समेत उनमा कोरोना देखिएको थियो ।
लण्डन आएपछि उनी बेलायत सरकारको नियम अनुसार कम्तिमा १० दिन आइसोलेसनमा बस्ने छन् ।
२८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल समेत गुमाउने छन् ।
लिभरपुलले आइतबार लेष्टरसँग खेल्दैछ ।
यस्तै आगामी हप्ता हुने च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको खेल समेत गुमाउने छन् ।
त्यस्तै इजिप्ट फुटबलले कोरोना संक्रमित आर्सनलका मिडफिल्डर मोहमद एल्नेनी पनि लण्डन फर्किएको जनाएको छ ।