एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा वेल्सले फिनल्याण्डलाई पराजित गरेको छ ।
घरेलु मैदान कार्डिफमा बुधबार राति वेल्सले फिनल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
वेल्सलाई जित दिलाउन ह्यारी विल्सन, ड्यानीएल जेम्स र केइफर मोरेले एक एक गोल गरे । फिनल्याण्डका टिमु पुकीले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा जेरे उरोनेनले रातो कार्ड पाएपछि फिनल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।
२९ औं मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई अग्रता दिलाए ।

खेलको ४६ औं मिनेटमा जेम्सले गोल गर्दा वेल्सको अग्रता २-० को बन्यो ।
६३ औं मिनेटमा फिनल्याण्डका पुकीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मोरेले गोल गर्दै वेल्सलाई ३-१ को जित दिलाए ।
जितसँगै वेल्स लिग 'ए' बढुवा भएको छ । वेल्सले अर्को सिजन लिग 'ए' मा रहेर नेसन्स लिग खेल्नेछ ।
लिग 'बी' को समूह 'डी' रहेको वेल्सले ६ खेलमा १६ अंक जोड्यो ।
फिनल्याण्ड १२ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो ।