एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी र मुख्य प्रशिक्षक पेप ग्वार्डीओला सम्झौता नवीकरणको नजिक पुगेका छन् ।
द टेलिग्राफले सिटी र ग्वार्डीओलाबीच सम्झौता नवीकरणको नजिक पुगेको बताएको छ ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाको सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिदैछ ।
तर, सिटीले ग्वार्डीओलालाई अझै क्लबका राख्न चाहन्छ ।
सिटीले ग्वार्डीओलासँग सन् २०२५ सम्मको सम्झौता गर्ने तयारी गरेको छ ।
४९ वर्षीय प्रशिक्षक सन् २०१६ मा सिटी आएका थिए ।
सिटीलाई उनले दुई पटक प्रिमियर लिगको उपाधि दिलाएका छन् ।