एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज इटाली र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
इटालीले घरेलु मैदानमा पोल्याण्डको सामना गर्नेछ । दुई टिमबिचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
इटाली घरेलु मैदानमा पोल्याण्डलाई हराएर समूहको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिग 'ए' समूह १ को इटाली ४ खेलमा ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पोल्याण्ड पनि इटालीलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
पोल्याण्ड ४ खेलमा ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस अघिको भेटमा इटाली र पोल्याण्डले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो भेटमा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ ।
यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनासँग खेल्नेछ ।
नेदरल्यान्ड्स ५ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।