एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
बेल्जियमले घरेलु मैदानमा इंग्ल्यान्डसँग खेल्नेछ । बेल्जियम र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसरा राति १:३० बजे सुरु हुनेछ ।
लिग 'ए' समूह २ को बेल्जियम ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
घरेलु मैदानमा इंग्ल्यान्डलाई हराएर बेल्जियम अर्को चरण पुग्ने संभवाना बलियो बनाउन चाहन्छ ।
यस्तै बेल्जियम इंग्ल्यान्डसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
इंग्ल्यान्डको घरेलु मैदानमा भएको अघिल्लो भेटमा बेल्जियम २-१ ले पराजित भएको थियो ।
यता, इंग्ल्यान्ड बेल्जियमलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
इंग्ल्यान्ड ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डसँग खेल्नेछ ।
डेनमार्क ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
आइसल्याण्ड अंक विहीन रहेर पुछारमा रहेको छ ।