काठमाडौं । बंगलादेश राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जेमी डेलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
शनिबार गरिएको परिक्षणमा प्रशिक्षक जेमीलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएपछि जेमी सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना देखिएपछि जेमीले नेपालविरुद्ध हुने खेल गुमाउने छन् ।
बंगलादेशले बंगबन्धु रंगशालामा नेपालसँग मंगलबार खेल्नेछ ।
यस अघि शुक्रबार जेमीकै नेतृत्वमा बंगलादेशले नेपाललाई २-० ले हराएको थियो ।