एजेन्सी । इटालियन क्लब एसी मिलानका मुख्य प्रशिक्षक स्टेफानो पिओलीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मिलानले एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक स्टेफानोलाई कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिएपछि प्रशिक्षक घरमै क्वारेन्टिनमा बसेको मिलानले जनाएको छ ।
मिलानले टिमका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाएको छ ।
मुख्य प्रशिक्षकलाई कोरोना देखिएपछि मिलानले प्रशिक्षण समेत स्थगित गरेको छ ।
अब मिलानले सोमबारबाट मात्र प्रशिक्षण गर्नेछ ।