एजेन्सी । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १-० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो ।
पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे ।
उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले एड्रीयनको पासलाई सदुपयोग गरे ।
पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग 'ए' समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ । र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ ।
अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।
यस समूहमा क्रोएसिया र स्विडेनको समान ३-३ अंक रहेको छ ।
शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

