एजेन्सी । फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेले नेसन्स लिग अन्तर्गत पोर्चुगलविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटका कारण एमबाप्पेले पोर्चुगलसँगको खेल गुमाउने भएका हुन् । ह्यामस्ट्रिङको कारण पीएसजीका फरवार्ड एमबाप्पे मैदान बाहिर रहने भएका हुन् ।
पोर्चुगलसँग खेल्ने फ्रान्सको टिममा एमबाप्पे सामेल भएका छैनन् ।
फ्रान्सले आज राति पोर्चुगलसँग उसैको मैदानमा खेल्नेछ । पोर्चुगल र फ्रान्सबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
पोर्चुगलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।
समूहको दोस्रो स्थानमा रहेको फ्रान्सले ४ खेलमा १० अंक जोडेको छ ।