एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज स्पेनले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग 'ए' समूह ४ मा रहेको स्पेनले स्विजरल्याण्डसँग उसैको घरेलु मैदानमा खेल्नेछ । स्पेन र स्विजरल्याण्डबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
स्पेन घरेलु टोलीलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ ।
स्पेनले ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।
स्पेनले पहिलो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा युक्रेनलाई ४-० ले हराएको स्पेनले तेस्रो खेलमा स्विजरल्याण्डलाई नै १-० ले हराएको थियो ।
स्पेनले चौंथो खेलमा भने युक्रेनसँग १-० ले पराजित भएको थियो ।
स्विजरल्याण्ड भने ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । स्विजरल्याण्ड स्पेनलाई हराएर पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यस्तै अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यसै समूहको अर्को खेलमा जर्मनीले युक्रेनसँग खेल्नेछ ।
जर्मनीले घरेलु मैदान युक्रेनसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
जर्मनी ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ अंक जोडेको युक्रेन तेस्रो स्थानमा रहेको छ ।