शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

स्टेफिनो पपुलर खेलाडी

शुक्रबार, २८ कार्तिक २०७७खेलपाटी संवाददाता
स्टेफिनो पपुलर खेलाडी
mustang rice ad

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् ।

युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

पपुलर खेलाडी बनेका एटमले दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । उनले पुरुष २९ वर्षमुनिको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष राष्ट्र राईले गरेका छन् । राई नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी पनि हुन् ।

च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका थिए । पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

च्याम्पियनसिपमा मलेसिया टिम च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ । मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको थियो । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

कोरोना भाइरसको सन्त्रासको समयमा पनि १८ राष्ट्रबाट खेलाडी सहभागी हुनु च्याम्पियनसिपको सबैभन्दा ठूलो सफलता भएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाए’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न थप हौसला दिएको छ ।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक