एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो ।
अल्बर्टो जोसे मैदानमा सुरुवाती अग्रता पाराग्वेले बनाएको थियो ।
खेलको २२ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि अर्जेन्टिनाले पाराग्वेविरुद्ध अन्य गोल गर्न सकेन ।
बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।
पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
विश्वकप छनोट अन्तर्गत नै इक्वेडरले बोलिभियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
