पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग
काठमाडौं । कोरोना भाईरसका कारण आर्थिक समस्याबाट गुज्रिरहेका पाँच भलिबल खेलाडीलाई भलिबल समर्थक समूहले आर्थिक सहयोग गरेका छन् ।
सामाजिक संजालमा रहेको ‘नेपाली नेस्नल भलिबल टिम फ्यान क्लब’ का समर्थकले बिहीबार पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक सहयोग प्राप्त गर्नेमा एक महिला र ४ पुरुष खेलाडी रहेका छन् । पाँचै खेलाडीले पाँच नम्बर प्रदेशको खजुरामा आयोजना भएको आठौं राष्ट्रिय भलिबल प्रतियोगिता सहभागीता जनाएका थिए ।
सहयोग प्राप्त गर्नेमा सुजन चोखाल, डम्बर राज भट्टराई, माया खडायत, विनय कुमार यादव र दुर्गा बहादुर सुनार रहेका छन् । उनीहरुले जनही पाँच पाँच हजार प्राप्त गरेका छन् ।
चोखालले प्रदेश ४ को प्रतिनिधित्व गरेका थिए भने डम्बर र मायाले प्रदेश नम्बर ७ बाट खेलेका थिए । यस्तै विनयले २ नम्बर प्रदेशबाट खेल्दा दुर्गाले प्रदेश ३ बाट प्रतियोगिता खेलेका थिए ।
क्लबका संयोजक लक्ष्मण काप्रीले खेलाडीलाई कोरोना भाईरसका कारण समस्या परेकाले आफ्नो क्लबका भलिबल प्रेमीसँग संकलन गरेर सहयोग गरेको बताए ।
‘बार्है महिना भलिबल खेलेर खाने भलिबल खेलेर खाने भलिबल खेलाडि लाई कोरोना भाईरसको कारणले अफ्ट्यारो परेको हुदा भलिबल फ्यान क्लबले भलिबल प्रेमिहरु बाट सहयोग रकम जुटाएर रकम हस्तान्तरण गरेको ।’ काप्रीले खेलपाटीसँग भने ।
यस्तै उनले यो पहिलो चरणको कार्य भएको र दोस्रो चरणमा समेत सहयोग गर्ने बताए ।
क्लबलाई हाल राजन दर्लामी मगर र लक्ष्मण काप्रीले संचालन गर्दै आईरहेको छन् ।









-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

