एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै सानदार जित निकालेको हो ।
आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

पाउलिन्होले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलको अग्रता ४-० को बन्यो ।
खेलको ७६ औं मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।
८५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६-० को बनाए । पोर्चुगलका लागि उनको यो १ सय २ औं गोल हो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७-० को जित दिलाए ।
यूईएफए नेसन्स लिग अघि पोर्चुगलले एन्डोरासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
