एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ । स्पेन र नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
स्पेन र नेदरल्यान्ड्सले नेसन्स लिगको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
मैत्रीपूर्ण खेल अन्तर्गत नै पोर्चुगलले घरेलु मैदानमा एन्डोरासँग खेल्नेछ ।
इटालीले घरेलु मैदानमै इस्टोनियासँग खेल्नेछ ।
जर्मनीले चेक रिपब्लिकसँग घरेलु मैदानमा खेल्नेछ ।
त्यस्तै बेल्जियमले स्विजरल्याण्ड, डेनमार्कले स्विडेनसँग खेल्दा नर्वेले इजरायलसँग खेल्नेछ ।
यस्तै फ्रान्सले फिनल्याण्डसँग खेल्दा पोल्याण्डले युक्रेनसँग खेल्नेछ ।