एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर लुक श करिब एक महिना मैदान बाहिर रहने भएका छन् ।
हाम्स्ट्रिङ चोटका कारण लेफ्ट ब्याक श एक महिना मैदान बाहिर रहने भएका हुन् ।
२५ वर्षीय डिफेन्डर शले शनिबार एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।
गुडिसन पार्कमा भएको उक्त खेलमा युनाईटेड ३-१ ले विजयी भएको थियो ।
इंग्लिस डिफेन्डर शले पछिल्लो २२ दिनमा युनाईटेडका लागि ७ खेल खेलेका थिए ।
अब उनले लिग र च्याम्पियन्स लिग गरी कम्तिमा ६ खेल गुमाउने छन् ।
शले चोट बोकेपछि युनाईटेडमा एलेक्स टेलसले मौका पाउने भएका छ ।
ब्राजिलियन डिफेन्डर टेलस पोर्टोबाट यसै सिजन युनाईटेड आएका हुन् ।