एजेन्सी । फ्रान्स फुटबलका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले मिडफिल्डर पाउल पोग्बा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा खुशी नरहेको बताएका छन् ।
विश्वकप विजेता प्रशिक्षक डेसच्याम्पले फ्रान्स फुटबलसँग कुरा गर्दै मिडफिल्डर पोग्बा युनाईटेडमा खुशी नरहेको बताएका हुन् ।
युनाईटेडमा पर्याप्त खेल्न नपाएको र पोजिसन हेरफेरको कारण पोग्बा खुशी नभएको डेसच्याम्पको भनाई छ ।
'म पोग्बा र उनको टोलिलाई राम्रोसँग चिन्छु । उनी आफ्नो क्लबमा अवस्थामा छन् जुन खुशी हुँदैन । न उनी खेल्ने समय र पोजिसनमा खुशी छन्,' डेसच्याम्पले भने ।

फ्रान्सका विश्वकप विजेता पोग्बा यस सिजन युनाईटेडको पहिलो रोजाईमा पर्न असफल भईरहेका छन् ।
चोटबाट मुक्त हुँदै मैदान फर्किएका पोग्बा यस सिजन ७ खेलमा दुई पटक मात्र सुरुवाती-११ मा पर्दै मैदान उत्रिएका छन् ।
'उनको अहिले उत्कृष्ट समय छैन । उहासँग चोटको सिरिज छ । कोभिडले समेत उनलाई केहि गाह्रो बनायो । उनी आफ्नो लयमा फर्कन खोजिरहेका छन्,' डेसच्याम्पले थपे।
२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका छन् ।
फ्रान्सले यसै महिना फिनल्याण्ड, पोर्चुगल र स्विडेनसँग खेल्दैछ ।
पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
युनाईटेडसँग उनको सम्झौता २०२२ सम्म रहेको छ ।