लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक
सोमबार, २४ कार्तिक २०७७खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले विश्व तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुनेछ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।
लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० विश्व तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)