काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।
नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते दुई मैत्रीपूर्ण खेल हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले गर्ने छ भने सामाजिक संजालमा टि स्पोर्ट्सले गर्ने बताईएको छ ।
यस्तै नेपाल र बंगलादेशबीचको खेल हुने समय समेत तय भएको छ । खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुकाको सवा ५ बजे हुनेछ ।
मैत्रीपूर्णका लागि २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोली ढाका पुगिसकेको छ ।